http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

जिन्दगानी बित्न लाग्यो

दुखेर नै जिन्दगानी बित्न लाग्यो
कुरेर नै जिन्दगानी बित्न लाग्यो

भयो यहाँ दर्द धेरै भित्र भित्रै
टुटेर नै जिन्दगानी बित्न लाग्यो

थकानले हात गोडा पोल्छ धेरै
गलेर नै जिन्दगानी बित्न लाग्यो

जताततै वेदनाले हुन्छ पीडा
सहेर नै जिन्दगानी बित्न लाग्यो

कसोगरी बस्नु होला झोक्रिएरै
बिझेर नै जिन्दगानी बित्न लाग्यो

अझै बनौँ स्वाभिमानी भन्छ आत्मा
झुकेर नै जिन्दगानी बित्न लाग्यो

No comments:

Post a Comment