तिम्रो मुस्कान तिम्रो बानी साह्रै मन पर्यो
बुझे पनि आनाकानी साह्रै मन पर्यो
बुझे पनि आनाकानी साह्रै मन पर्यो
रुपरङ्ग नि साह्रै राम्रो जिउडाल पनि सही
मान्छे पनि सानी सानी साह्रै मन पर्यो
मान्छे पनि सानी सानी साह्रै मन पर्यो
कल्कलाउँदो जोवन तिम्रो हर्बराउँदो वैँश
मुखै भयो पानी पानी साह्रै मन पर्यो
मुखै भयो पानी पानी साह्रै मन पर्यो
मन पराउँछु माया गर्छु थाहा पाएकी छ
नाटक गर्छे जानी जानी साह्रै मन पर्यो
नाटक गर्छे जानी जानी साह्रै मन पर्यो
उसैसँग जोडिए छ मेरो सारा सुख दुख
बनाउने हो दिलकी रानी साह्रै मन पर्यो
एब्स्ट्रयाक्ट चिन्तनः प्याजबनाउने हो दिलकी रानी साह्रै मन पर्यो
हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाइँको लेख, त्यो लेख, 'शङ्कर लाभिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''
"कस्तो लाग्यो ?''
" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''
"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाइँको काम ! म कहाँ पेन्टिङतिर जाउ"m अब ।''
" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''
म हाँसिरहेँ । -हाँस्न जान्नु पनि ठूलो कला हो Û मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।
'व्यथित'जीको हातमा 'हिमानी' को कभर डिजाइन थियो । देख्नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी 'हिमानी' नाम सुन्नासाथ 'व्यथित' को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ''तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुई दिनमा लेखेर दिनुस् न Û म विदेश जाँदै छु यसलाई छपाउनÙ विजयादशमीको साइतमा झिक्ने ।''
म हाँसिरहेँ । -हाँस्न जान्नु पनि ठूलो कला हो Û कुन मानिससँग कसरी हाँस्नुपर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।) हाँसेर मैले 'व्यथित' जीलाई बिदा दिएँ, र कुरालाई पन्छाउन खोजेँ पनि Û
तर, मनबाट न 'व्यथित' गए, न बाङ्देल, न हिमानी, न एब्स्ट्रयाक्ट Û मन पनि कमालको वस्तु हो- त्यसमा कुरा पसेपछि निकाल्न गारो छÙ निकाल्न खोज्यो, आफ्नो व्यक्तित्व र कुराको स्वयंको व्यक्तित्वमा सङ्घर्ष भइदिन्छ । मनबाट, फेरि त्यही कुरा पसेकै रूपमा किमार्थ निस्कँदैन- त्यसको काँचुली फेरिसकेको हुन्छ । मैले मन पल्टाउन थालेँ, हेरिहालूँ यसमा खेलिरहने कुरा पनि कत्ति छ Û
'व्यथित' जी Û कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएका थिए । तपाइँ आज मेरो विश्वरूप हेर्नुहोस्Ù मेरो मनमा के छ ? तर पहिले म तपाइँलाई एउटा कुराको सम्झना दिइहालूँ । म बीसौँ शताब्दीको -अङ्ग्रेजी Û) एउटा बुद्धिजीवी हुँ । मध्यवित्त परिवारको, विवाहित, केटाकेटीको बाबु, तरुनो, स्वस्थ, निर्माणको भावनामा दत्तचित्त, सोझो नागरिक Û र म चिन्तित छु, मेरा अनेक समस्या छन् ।
सबभन्दा ठूलो समस्या हो- म दस-गजा जमिनमा उभिएको छु । एकातिरको सिमानामा मेरा पुर्खाको विश्वास छ, एकातिरको सिमानामा मेरा सन्तानको विश्वास Û म स्पुतनिकको उडानमा खुसी पनि हुन्छुÙ चन्द्रमाको धूलोमा रुसको हँसिया-हतौडा अङ्कति चिहृन उतारेको सुन्दा मलाई यस्तो गौरव अनुभव हुन्छ मानौँ हँसिया-हतौडा मेरै घरबाट खुश्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु-च्यामेपोडेलाई दान पनि दिन्छु, मानौँ महाराज मनु मेरा छामिछाने परिवारकै बाजे हुन् । म समाचारको निमित्त अखबारहरू, गोरखापत्रदेखि लिएर टाइम्स र न्यूज विक्लीदेखि लिएर फिल्म-फेयर र रोमान्स पनि पढ्छु । मलाई प्रत्येक खबरमा एक विश्वास सँगाल्नुपर्दछ, परिरहेको छ । म्यारिलिन मनरोको हात्महत्या र एलिजाबेथ टेलरको नयाँ प्रेमको समस्या पनि मेरो मनमा छ Û मेरो मनमा डयाग हृयामलरसोल्डको मृत्यु, युएनओका कार्यबाही, यु.थान्ट, अमेरिका र रुसको शीतयुद्ध, लाओस्, सुएज, गलवानभ्याली, काश्मीर, मलाया, इरियन सिलोन......सब समस्या मेरा मनमा छन् । हेनरी मिलरको 'ट्रपिक अफ क्यान्सर' पढेँ, अब 'क्यापि्रकर्न' कहाँ पाउने ? सर विन्स्टन चर्चिलको तिघ्रा भाँच्चियो, बन्छ कि बन्दैन ? युएनओमा नेपालले के भन्ला ? कङ्गोले कतापट्टबिाट भोट बढ्ता पाउला ? छोरालाई टाइफाइड भएको निको भयो, आज अब मासु पाइने हो कि होइन, एकादशी आजभोलि दुवै दिन रे, एक वैज्ञानिकले घाँसबाट दूध निकाल्ने प्रयोग सफलतासाथ गरे, अराष्ट्रिय तìवले सिमानाभित्र पसी फलानोलाई गोली हान्यो, प|mान्सका राष्ट्रपतिलाई हत्या गर्ने प्रयास गरियो, एल्जेरियाको समस्या कसरी सुल्झने हो, अलबेयर कामु पनि र एल्जेरियाकै हो, उसको आजकल 'मिथ अफ सिसफस' पढ्दै छु, टेलिभिजनको प्रसारण टेल्सटरले युरोपमा उपलब्ध गरायो, पारिखेतमा ज्यापू मर्यो, मलाई 'जा-नए-धुन-ला-बाज्या' भन्थ्यो, त्यसको छोराछोरी छैन, बाङ्देलको पनि त छोराछोरी छैन, एब्स्ट्रयाक्ट चित्रण गर भन्छ, हिमानीको कभरजस्तो, 'व्यथित' को भाषाजस्तो ..........
यस्ता असङ्गत अनेक विचारमा सिमानाको बीचमा मैले आफ्नो व्यक्तित्वको दसगजे किनारा राखेको छु । भन्ठान, ओ 'व्यथित' हरू र बाङ्देलहरू, मेरो जीवन नै एउटा एब्स्ट्रयाक्ट जीवन हो, यसबाट त म रोज पन्छिरहेछुँ, रोज यसलाई पन्छाइरहेछु । रोज मेरो प्रातःकाल 'तरकारी किन्न पैसा चाहियो' बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्यान्ह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या 'अलि बढ्ता थाकेर आएछु' मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ । रोज अलि इतिहास सम्भिmन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु । रोज मोल-मोलाइ, खरिद-बिक्री, बन्धक-ब्याज गर्दछु- आफ्ना आस्थाको आफ्ना विश्वासको आफ्ना इच्छा-आकाङ्क्षाको । 'आज ल्याएको मासु, नोकरलाई सुकुचाले ठगेछ, जम्मै हाडैहाड....' 'आजको दूध एकदम पातलो'....'दाउरा कत्ति चिसो, कत्ति महँगो'- यिनै सब कुराको घेरा छ जो गृहिणीले, बच्चाले, भान्छेले उद्गार भनी मेरै मनमा पोख्तछन् । यसभन्दा बाहेक अरू उद्गार छन् जो म स्वयं आफ्नो मनमा कोचिटोपल्छु- आजको पार्लियामेन्टमा नेहरूले यसो भन्यो, त्यसमा कति सत्य होला Û खुश्चेभले बर्लिनबारे चालेको यो नयाँ कदमले संसारमा के असर पर्ला ? विश्वयुद्ध भयो भने कहाँबाट सुरु
होला ? थ्यालिडोमाइड औषधिले कति बच्चाको जीवन अन्धकारमय हुने हो ? आह Û एल्प|mेड नायस कहाँ मर्न पुगेछ ? तर उसको पहाडमै मर्ने इच्छा थियो रे Û
बाङ्देलजी Û कुनचाहिँ मानिसको जीवन एब्स्ट्रयाक्ट
छैन ? कुनचाहिँ मानिसको जीवन घृणित छैन कमसेकम उसको मौनताले आफ्नो दुर्गन्ध नढाकुञ्जेल ? कुन मानिसको भावना घृणित छैन कमसेकम मुस्कानका तरेलीले त्यसलाई नपुरुन्जेल ?
कुन मानिसको मनमा लोभ छैन-कमसेकम नाराले त्यसलाई नमारुन्जेल ? 'व्यथित' जी Û ती सतयुगे ऋषिमुनिहरूको जमाना छैन अब Û अब त प्रत्येक जागरुक मान्छेको मस्तिष्क कृष्णको विराट् रूपभन्दा कम सानो छैन ।
आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ-छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुख्र्याइँले । आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैन, उसले आफ्नो प्रतिद्वन्द्वी क्राइस्ट र मोहम्मद र बुद्धमा पनि आउँछ । फेरि आज भगवान् अलि डिप्लोमेट पनि छ- पुरेतजस्तै Û.... 'यसो गर्न त कसो नहोला, पुरेतजी ? -ज्यू हुन्छ'.....जस्तो । आजको भगवान् फेरि अनिश्वरवादी पनि छ-बुद्धजस्तै । र आजको भगवान्लाई मानिसले कन्ट्रोल गरेको छ-बर्थ कन्ट्रोलजस्तै । भगवान् चाहियो, हाजिर छन्, भगवान् चाहिएन, गायब छन् Û जत्ति मात्रामा चाहियो, उत्ति मात्रामा आउँछन् । कविताको निम्ति चाहियो, छन्दबद्ध भई हाजिर, स्तुतिको निमित्त चाहियो, कोष भई हाजिरÙ चाकरीको निमित्त चाहियो इन्साइक्लोपीडिया भई हाजिर-'गरीब परवर -उर्दूमा Û), करुणानिधान
-संस्कृतमा Û), ख्वामित् -शुद्ध भानुभक्ते नेपालीमा Û)....अँ Û भन्दै थिएँ, आजको मानिस स्वयं भगवान् बनिसक्यो, उसमा ती सब गुण व्याप्त छन् जो एक ईश्वरमा हुनुपर्दछ- सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको गुण Û त्यो सच्चा मानिस जो सिर्फ छ र मरुन्जेल मानिस नै भइरहन्छ र मानिसकै रूपमा मर्दछ ।
आजको मनुष्यत्व हराएको तर भगवान् हुन नसकेको, मानिस खोज्नुपर्ने भए, 'व्यथित' जी र बाङ्देलजी Û मकहाँ आउनुहोस् । मभन्दा ठूलो अमानवीय अरू मानिस तपाइँ पाउन सक्नुहुने छैन र अरूले स्वयं मजस्तो आफ्नै परिचय पनि दिने छैन Û के गरूँ, 'व्यथित' जी Û मैले आक्रोशमा आफूलाई अमानवीय भनेको होइन । म, हेर्नुस न, हिन्दू, सबै भगवान् त मन पराउँछु नै, मलाई कसोकसो क्राइस्ट र बुद्ध र मुहम्मद पनि मन पर्छन् । मलाई ईश्वरउपरका सबै प्रकारका आस्था र उसका नाममा भएका सबै प्रकारका अत्याचारहरू पनि मन पर्छन् । ती नभएका भए- ती क्रुसेडहरू, ती शङ्कराचार्यका हमालाहरू, ती अशोकका धर्मदूतका विजय यात्राहरू, ती तुगलक शाहका जेहादहरू- ती सब नभएका भए आज 'व्यथित' हरू हिन्दू, बाङ्देलहरू इसाई तथा शङ्करहरू मुसलमान कसरी हुन्थे, म सबैमा विश्वास गर्ने र कुनैमा पनि श्रद्धा नगर्ने हुन सक्थेँ कसरी म 'अहँ ब्रहृमाऽस्मि' भन्न सक्थे जब मलाई आफूउपर विश्वास नभई अरूउपर हुँदो हो । म त आजको मान्छे होइन, 'व्यथित' जी ' म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि हुने छैनन् ÛÛ
आज जो म दस-गजामा उभिएको छु- त्यसको कारण अब भनिदिऊँ, तपाइँहरूलाई । म चाहन्नँ तपाइँहरूको घेरामा आफूलाई पार्न । म चाहन्नँ तपाइँको रङमा डुबल्की लगाऊँ । सिमना नाघेपछि त मैले नागरिकता लिनै पर्छ- यस कारण म अनागरिक । म स्वयं एक सिमाना हुँ जसले वर्तमानलाई भूतबाट र भूतलाई भविष्यबाट अलग गरेको छ ।
तपाइँले सिमाना देखेकै होला Û दस-गजाको बीचमा एक पञ्चमुखी लिङ्ग अज्ञात रूपबाट निर्मित- जसलाई कसैले बेलपत्र चढाउँदैन तर जसलाई सार्न पर्यो अथवा हटाउनुपर्यो भने बलि चढाउनुपर्दछ अनेकका रगतको । यो सिमानाको रङ के हो । बाङ्देलजी Û सेतो ? -जस्तो लट्ठामा हुन्छ ') खैरो ? -जस्तो माटोमा
हुन्छ Û)Ù रातो ? -जस्तो मानचित्रमा हुन्छ Û)Ù
बग्ने ? -जस्तो नदीनालामा हुन्छ Û)Ù अदृश्य ? -जस्तो हिमालका टाकुरामा
हुन्छ Û) यी सिमाना रेखालाई, तपाइँ बाङ्देलजी Û यदि एब्स्ट्रयाक चित्रण गर्न सक्नुहुन्छ भने म पनि मेरो एब्स्ट्रयाक चित्रण गर्न सक्दछु ।
तपाइँले त्यो नगरुञ्जेल, नसकुञ्जेल म पनि अव्यक्त रहन चाहन्छु । मैले आफूलाई आज एब्स्ट्रयाक चित्रण गरेँ भने त्यसलाई बुझ्न फेरि पेरिसको वातावरणमा सास फेर्नुपर्नेछ । मेरो एब्स्ट्रयाक चित्रण पढ्नलाई तपाइँलाई फेरि 'एक दिन त' घोक्नुपर्नेछ ।
यसकारण म हाँसिदिन्छु ।
यसकारण मेरो हाँसोमा विभिन्नता छ । एउटा 'व्यथित' लाई, अर्को बाङ्देललाई, अर्को मेरो छोरालाई ।
यसकारण म बाँचिरहेछु किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिस्ट चित्रण गरेको छु ।
रियलिष्ट चित्रणमा त, म एउटा प्याज हुँ-रङ्गहीन, पत्रैपत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिर्याइ ।
आजको कृष्णको विराट् रूप पनि त प्याज हो । त्यसकारण, बाङ्देलजी प्याजको एउटा स्टिल-लाइफ लेख्नुस् । त्यसकारण 'व्यथित' जी, प्याजमाथि एक महाकाव्य लेख्नुहोस् । तपाइँहरूको त्यो कृति ऐतिहासिक हुनेछ- कारण त्यसमा आजको व्यक्तिको र आजको समाजको दुर्गन्ध अनन्त पत्रमा अनन्त कालसम्म सञ्चित रहनेछ । र त्यही चित्र र त्यही काव्यमा म पनि अनन्त कालसम्म बाँचिरहनेछु ।
त्यो चित्र र त्यो कविता आज लेखिएन भने भोलि, 'हिमानी' को मृत्युमा, बाङ्देलको मृत्युमा, शङ्करको मृत्युमा, भविष्यले आजको इतिहास गुमाउनेछ ।
......एक हजार वर्षपछि सिमाना हराएजस्तै ।
मुक्तक
माया त लाग्छ नै सानो भयनी
आफ्नै मान्छे प्यारो लाग्छ कानो भयनी
आफ्नो सामान सबै मान्छे ठुलो किन देख्छन
![]() |
| shiva (mahadev) |
अरूको दुई किलो तर आफ्नो मानो भयनी।।
श्रीराज पौडेल्
शंकर नगर-३ योगिकुटि
बुट वल
मुक्तक
खान दिन नसक्दामा मेरी आमा कुट्नेहरु,
कटुवा पेस्तोल तेर्साएर धन सम्पत्ति लुट्नेहरु,
मैले पढ्ने शास्त्र पुस्तक धर धरी च्यात्नेहरु,
शिक्षकलाई रुखमा टाँसी जिउँदै छाला ताछ्नेहरु,
भो यस्तालाई म गन्दै गन्दिन
प्रचन्डेलाई मान्छे भन्दै भन्दिन।।।
कटुवा पेस्तोल तेर्साएर धन सम्पत्ति लुट्नेहरु,
मैले पढ्ने शास्त्र पुस्तक धर धरी च्यात्नेहरु,
शिक्षकलाई रुखमा टाँसी जिउँदै छाला ताछ्नेहरु,
भो यस्तालाई म गन्दै गन्दिन
प्रचन्डेलाई मान्छे भन्दै भन्दिन।।।
श्रीराज पौडेल्
शंकर नगर-3 योगिकुटि
शंकर नगर-3 योगिकुटि
बुट वल
विजयादशमीको हार्दिक मंगलमय शुभकामना !!
कोमल गज़ल *********** गरेँ आज पूजा खुसी हौ भवानी सजाएँ नयनमा बनाएर नानी
घटस्थापना भो दशैँ घर घरैमा रमाए युवा बृद्ध,बालक र ज्ञानी
हटोस् आपतै,बिघ्न,बाधा,बिरोध हंसाएर हाँसुन् हराओस् थकानी
बनौं क्यै सहारा दुखेका जनैमा हरौं कष्ट तिनको लिंदै भाव दानी
सही,सत्य हर्दम विजेता छ जानौँ कुकर्मी र पापी हुनेछन् रछानी
नठानौं न हामी सजिब प्राण भिन्नै सबैको बराबर छ यो जिन्दगानी
बसुन् देश बासी मिली प्रेम छर्दै निरन्तर उदाओस् सुनौलो बिहानी
"शुभेच्छा"यही नै गरेँ भित्र बाटै नरोओस् कहिल्यै सुकोमल सिरानी
विजयादशमीको हार्दिक मंगलमय शुभकामना !!
कोमल गज़ल *********** गरेँ आज पूजा खुसी हौ भवानी सजाएँ नयनमा बनाएर नानी
घटस्थापना भो दशैँ घर घरैमा रमाए युवा बृद्ध,बालक र ज्ञानी
हटोस् आपतै,बिघ्न,बाधा,बिरोध हंसाएर हाँसुन् हराओस् थकानी
बनौं क्यै सहारा दुखेका जनैमा हरौं कष्ट तिनको लिंदै भाव दानी
सही,सत्य हर्दम विजेता छ जानौँ कुकर्मी र पापी हुनेछन् रछानी
नठानौं न हामी सजिब प्राण भिन्नै सबैको बराबर छ यो जिन्दगानी
बसुन् देश बासी मिली प्रेम छर्दै निरन्तर उदाओस् सुनौलो बिहानी
"शुभेच्छा"यही नै गरेँ भित्र बाटै नरोओस् कहिल्यै सुकोमल सिरानी
श्रीराज पौडेल्
शंकर नगर-३
योगिकुटि
बुट वल
गजल
भगबान तिम्रो लीला अपरम्पार छ।
दुखीलाई नै दुख झन् बारम्बार छ।।
शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।
जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।
भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।
,..,,.,.,..,.,.,.,.,.,...,.,.,.,..,.,..,.
डिल्ली प्रसाद खराल
दुखीलाई नै दुख झन् बारम्बार छ।।
शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।
जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।
भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।
,..,,.,.,..,.,.,.,.,.,...,.,.,.,..,.,..,.
डिल्ली प्रसाद खराल
मुक्तक
रुदा रुदै समय तिमीले हास्न सिकायौ I
संगर्ष का यी घडी मा बाच्न सिकायौ I
पल पलमै आयो आधि मेरो जिबन मा I
क्षण भरको खुशी मा नि नाच्न सिकायौ I
रुदा रुदै समय तिमीले बाच्न सिकायौ II
कंपोजर
डिल्ली प्रसाद खराल
संगर्ष का यी घडी मा बाच्न सिकायौ I
पल पलमै आयो आधि मेरो जिबन मा I
क्षण भरको खुशी मा नि नाच्न सिकायौ I
रुदा रुदै समय तिमीले बाच्न सिकायौ II
कंपोजर
डिल्ली प्रसाद खराल
मुक्तक
उसले माया मारे पनि मैले मार्न सकिन हजुर।
नानाथरी वाहानाको जाल रची मैले टार्न सकिन हजुर।
छाडेर गै पाषण ह्रदय भाकी कलि युगकी परीले।
उसले जस्तो मान्छेलाई अफ्ठ्यारो मैलेपार्न सकिन हजुर।
विष्णु तामाङ मकवानपुर आग्रा - 2
नानाथरी वाहानाको जाल रची मैले टार्न सकिन हजुर।
छाडेर गै पाषण ह्रदय भाकी कलि युगकी परीले।
उसले जस्तो मान्छेलाई अफ्ठ्यारो मैलेपार्न सकिन हजुर।
विष्णु तामाङ मकवानपुर आग्रा - 2
गजल
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त 55 डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
डिल्ली प्रसाद खराल
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त 55 डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
डिल्ली प्रसाद खराल
मुक्तक
कसैलाई चाहि सुख दिएर गयौ दैव
च्यात्तिएको मन पनि सिएर गयौ दैव
हाँस्न खोज्नु के कसुर थियो र?
मेरो त त्यहि हाँसो नि लिएर गयौ दैव
xehnon gurung
now dhading.
च्यात्तिएको मन पनि सिएर गयौ दैव
हाँस्न खोज्नु के कसुर थियो र?
मेरो त त्यहि हाँसो नि लिएर गयौ दैव
xehnon gurung
now dhading.
गजल
साझमा आउ रातमा आउ मेरै घर मा बास बस
यतै बाट मुग्लान पसौ भारी यतै बाट कस
हामी गरिब छौ हाम्रा छैनन् कोहि
कुनै दिन जोगी बन्नु पर्ला यतै को तिमि खरानी घस
बहादुर नेपाली हामी हजारौ ज्यान मरी गए
चोर सामन्ती डाका हरु हो सबै कुनै दुलो पस
फटाहा हरुको संगत नगर असल मानिस बन तिमि
जाड नखाऊ रक्सी नखाऊ खराब लतमा तिमि नफस
यतै बाट मुग्लान पसौ भारी यतै बाट कस

wow superb... i like this.
ReplyDelete