http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

मुक्तक

कथा यो तिम्रो मेरो, अघि बढे हुन्थ्यो ।
नभइ केहि अफ्ठेरो, अघि बढे हुन्थ्यो ।
चोखो मायाँ हाम्रो, नपच्ला दुनियाँलाई,
दङ्ग पार्दै सेरोफेरो, अघि बढे हुन्थ्यो ।
wink emoticon smile emoticon
---> प्रकाश पौडेल जिज्ञासु ।
‪#‎बुझ्नेले_सहि_बुझ्नुपर्यो‬ ।

मुक्तक

मोटो घाटो थिएँ लुरो भएँ, तिम्ले छोडेपछि ।
काले-च्यासे, च्याँखुरो भएँ, तिम्ले छोडेपछि ।
तिम्रो साथ हुँदा, कस्तो चम्किलो प्रकाश थ्यो,
निभ्यो ज्योती र मधुरो भएँ, तिम्ले छोडेपछि ।
---> प्रकाश पौडेल जिज्ञासु ।
‪#‎बुझ्नेले_सहि_बुझ्नुपर्यो‬ ।


मुक्तक

वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्, 
 पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्, 
छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्, 
सोचें मैल नि सोच्न हुने नहुने,
लागे बरु पापै लागोस् ! 
 
 मुक्तक

तिम्रो मनलाई धुँदा धुँदा धोवी भएँ म,
आफ्नै मनलाई नपखाल्दा रोगी भएँ म,
उपचारमा धाएँ धेरै
तिम्रो दिलको क्लिनिक धाउँदा धाउँदा
आज हेर जोगी भएँ म !

फसाऊनेहरु देखीरहेछु


मात्रै माया जालमा फसाऊनेहरु देखीरहेछु
झुटै बोली मनमा बसाऊनेहरु देखीरहेछु

हो त्यो सत्य हो मलाई डरपोक उन्ले भनिदीनु
उन्ले जस्तै यस्तरी हसाऊनेहरु देखीरहेछु

काईदाको फाईदा बनाइ मेरो तन मन रित्याऊँदै
अझै तल अचेल खसाऊनेहरु देखीरहेछु


थोरै गल्तीले अगर मेरो यात्रा धमेलिन्छ भने
हर पल खाल्डोमा पसाऊनेहरु देखीरहेछु

कसैगरी म हारेर तिम्रो समिप आऊन नसके
हेर यतै अंगालो कसाऊनेहरु देखीरहेछु

मुक्तक पढेर आफै प्रतिक्रिया दिनुहोस |

गजल ।

हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ 
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ

मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा, 
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ । 

लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो 
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो

 स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
 झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो 

गजल ।

ढुङ्गामा दुध पोख्ने जमाना हिजोको हो 
स्वामीको पाउ ढोग्ने जमाना हिजोको हो !!

रहेछौ क्यारे तिमि अझै नि पछी नै पो
नन्दको गोडा मोल्ने जमाना हिजोको हो !! 

नारीले पनि सक्छे त्यो बाँझो फोर्नलाई 
नरले मात्र जोत्ने जमाना हिजोको हो !!

छोरा र छोरी एक हुन है अहिले त 
उसले मात्र रोज्ने जमाना हिजोको हो !!

नसोचे हुन्छ नारी अबला छे भनि चैं 
बलले हक खोस्ने जमाना हिजोको हो !!

अनेक ति लान्छाना लगाई नारीलाई 
बेअर्थ नाम तोक्ने जमाना हिजोको हो !!

कविता

विकास आउँदैन, बाजा बजाएर,
 नत आउँछ यो, हावामा सपना सजाएर, 

केवल, दशनंग्रा खियाएर, दुरदृष्टिले चियाएर !! 
विकास आउँदैन, धम्कीध्वाँस देखाएर, 

नत आउँछ यो, हात लप्काइ बोलाएर, 
केवल, पसिनाका धारा बगाएर, 
अदम्य साहस देखाएर !!