http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

गजल ।

हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ 
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ

मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा, 
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ । 

लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो 
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो

 स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
 झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो 

गजल ।

ढुङ्गामा दुध पोख्ने जमाना हिजोको हो 
स्वामीको पाउ ढोग्ने जमाना हिजोको हो !!

रहेछौ क्यारे तिमि अझै नि पछी नै पो
नन्दको गोडा मोल्ने जमाना हिजोको हो !! 

नारीले पनि सक्छे त्यो बाँझो फोर्नलाई 
नरले मात्र जोत्ने जमाना हिजोको हो !!

छोरा र छोरी एक हुन है अहिले त 
उसले मात्र रोज्ने जमाना हिजोको हो !!

नसोचे हुन्छ नारी अबला छे भनि चैं 
बलले हक खोस्ने जमाना हिजोको हो !!

अनेक ति लान्छाना लगाई नारीलाई 
बेअर्थ नाम तोक्ने जमाना हिजोको हो !!

कविता

विकास आउँदैन, बाजा बजाएर,
 नत आउँछ यो, हावामा सपना सजाएर, 

केवल, दशनंग्रा खियाएर, दुरदृष्टिले चियाएर !! 
विकास आउँदैन, धम्कीध्वाँस देखाएर, 

नत आउँछ यो, हात लप्काइ बोलाएर, 
केवल, पसिनाका धारा बगाएर, 
अदम्य साहस देखाएर !! 

गजल ।

धेरै भन्यौ, तिम्रो निम्ति, सही वास होइन म
 तिम्रो चाह, तिम्रो माया, तिम्रो आस होइन म 

सबै सामु,सधै भरि,दोष दिदै मलाइ नै 
बोली रह्यौ,बाँच्छु एक्लै,तिम्रो सास होइन म ! 

चाहे भने,सक्छु बोल्न,नारी भनि हेप्न छोड 
सिन्दुरले,किनिएको,खेल्ने तास होइन म ! 

जति दिन्छु,उति लिन्छु,हक सबै बराबरी 
साइनोले,कजाउने,तिम्रो दास होइन म ! 

धेरै इच्छा,मेरा पनि,तिम्रो जस्तै थरी थरी 
लुटे हक,खोस्न जान्छु,मृत लास होइन म ! 
तयारी छ जिवनको परिक्षा यो हैन 
भावना छ मित्रताको चिनारी मलाई थाहा छैन

 खृल्ला गगनामा पंक्षी मै बनृला भन्दिन
 एकताको कहानी खै कोर्न म पाउदिन 

मित्रताको नाता अति नै प्रिय अमृतपान
 हेर्ने हजारौ नजर केवल बलि दिन जान्छ जिवनदान 

वीतृष्णा मानवरुपि नियन्त्रण पाए हृन्थ्यो कि
 चैतन्य यो मनलाई त्याग पाए जीवन बन्नसक्दथियो कि 

बास देउ छोरा बिन्ती । गजल ।

घरबाट ननिकाल ,तिम्रो पाउ छुन्छौ हामी 
बास देउ छोरा बिन्ती,तिम्रै नोकर हुन्छौ हामी !!

 दिएहुन्छ बासी खाना,बाँडीचुडी खान्छौ दुवै 
दुख्न पुगे मन मुटु,आँशुहरु थुन्छौ हामी !! 

बोल्ने छैनौ कैले केही,लाउ वचन् जति पनि 
आश्रय नै छोराछोरी,तिम्रै कुरा सुन्छौ हामी !! 

कुल्ची हिंड हाम्रो आशा, बोझ भनि मातापिता
 वृद्ध मन टुटे पुन,एकान्तमा रुन्छौ हामी !!

 धेरै प्रश्न गर्छ आत्मा,धिक्कारदै आफैलाई 
सही सिख दिएनौ कि,यहि कुरा गुन्छौ हामी !! 

मुक्तक

तिमीले लाउनी चोलि र सारी मन पर्छ
घोर्ले स्याल लुकि बस्ने बन घारी मन पर्छ
भन्न त नहुनि हो तर भन्नै मन लाग्छ हौ सानी,
तिमीले बोकि हिँड्ने त्यो क्या...भारी मन पर्छ । 

न त सारो न त गिलो भयो जीवन 
बस्दा उठ्दा दुख्ने पिलो भयो जीवन 
न त धाम्लो थेक्न सक्छ न त भाँचि जान्छ
यता उति हल्लि रहने किलो भयो जीवन ।


साँच्चै मलाई फूल भन्दा कांडा मन पर्छ 
टाढा टाढा देख्ने अग्लो डांडा मन पर्छ 
चुहेको हेर्न मज्जाले पो होकी खै सानी!
तप्प तप्प चुहि रहने भाँडा मन पर्छ ।

धर्म होस् या देउता होस् सबैको साझ हुनु पर्छ 
दुख पिडा पर्दा जनलाई सबैको माझ हुनु पर्छ 
तेरो मेरो देउता,धर्म,छुट्टा छुटै किन भन्ने ?
हामी जस्ताले यसो भन्न,हेर! लाज हुनु पर्छ 

मुक्तक

सत्य बोले पच्दैन थुइक्का ! थूक्छ यहाँ
 जस्तो सुकै होस न "वहा" भने पुग्छ यहाँ 
झुट्टो कति प्यारो भाको,मै हुँ भन्नेहरुलाई 
उ विरुद्द सत्य बोले,हिँड्ने बाटो ढुक्छ यहाँ ।