http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

कोठी भा'की राम्री


गालाको बिच कोठी भा'की राम्री । 
ओठमा रातो लाली ला'की राम्री ।। 

हेर्दामा हल्का काली हाँसी बोल्ने । 
जवानी आधा लर्की गा'की राम्री ।। 

गाजलु आँखा कालो लामो चुल्ठो । 
कोरिया हङ्कङ तिर धा'की राम्री ।।


कानैमा झुम्के मुन्द्री छोटो लुगा । 
बोल्दामा स्वार चाँही ना'की राम्री ।। 

मेहन्दी हातमा आनिबानि चुल्बुल । 
भन्छन है थोरै गाजा खा'की राम्री ।। 

गालाको बिच कोठी भा'की राम्री । 
ओठमा रातो लालो ला'की राम्री ।

No comments:

Post a Comment